लेखनाथ, २४ साउन । लेखनाथ क्षेत्रमा विद्यार्थीको सामाजिक एवम् समग्र संवेगात्मक विकासको लागि विविध शैक्षिक गतिविधि सञ्चालन गर्ने गरी स्थापना गरिएको क्यानभास इन्स्टिच्युटले आफ्नो सेवा आइतबारदेखि सुरु गरेको छ । आइतबार एक कार्यव्रmमका बिच संस्थाको शुभारम्भ गरियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले उद्घाटन गरी संस्थाको सेवा शुभारम्भ गरिएको हो । सेवाको शुभारम्भ गर्दै गिरीले लामो समयको अनुभव एवम् युवा सिर्जनशीलतासहित स्थापित संस्थाले लेखनाथको शैक्षिक विकासमा ठुलो टेवा पुग्नेमा कुनै द्विविधा नरहेको बताए । साथै नैतिकवान् र सभ्य नागरिक निर्माण गर्ने कार्यमा विदाको दिन र शनिबार उपयोग गरेर संस्थाले प्रत्येक शैक्षिक संस्थाले खोजिरहेको स्तरीय सेवा दिन लागेकोमा आफूलाई निकै हर्षको अनुभूति भएको बताए । साथै संस्थागत ढङ्गले आवश्यक सहयोग गर्न आफू तयार रहेको समेत उनले सो अवसरमा उल्लेख गरे ।
                                 
विद्यार्थीमा अतिरिक्त व्रिmयाकलापको समुचित विकासको लागि तालिम स मेत प्रदान गरी समय समयमा प्रतियोगितात्मक कक्षा समेत सञ्चालन गर्ने गरी संस्थाको स्थापना गरिएको हो । साथै लेखनाथमा नै पहिलोपटक चित्रकला, हस्तलेखन र कला प्रशिक्षण दिन लागेको संस्थाका सञ्चालक मध्येका एक धिरोज थापाले जानकारी दिए ।
संस्थाले इलेक्ट्रिकल तालिमका साथमा विज्ञान प्रयोगशालाको समेत अवधारणा लिएर संस्थालाई नयाँ तरिकाले अघि बढाउन खोजिएको अर्का सञ्चालक सूर्य बास्तोलाले बताए । विद्यालय तहका बालबालिकाले गृहकार्य निरन्तर रूपमा नगर्ने गरेकोमा त्यसलाई निरन्तरता दिनको लागि कक्षा ७ सम्मका बालबालिकाको लागि गृहकार्य कक्षा समेत व्यवस्था गरिएको बास्तोलाले बताए ।
सो अवसरमा ज्ञानज्योति विद्याकुञ्जका प्रिन्सिपल अर्जुन प्रसाद अधिकारी, होली माउन्ट स्कुलका प्रिन्सिपल रोशन कोइराला, अल्फा बोर्डिङ्गका प्रिन्सिपल रमेशराज पौडेल, त्रिवेणी पब्लिक उच्च मा.वि.का सह प्राचार्य विष्णु प्रसाद पौडेल, जनप्रकाश क्याम्पसका अध्यक्ष कृष्णहरि भण्डारी, व्यवसायी एवम् शिक्षासेवी छत्रधर आत्रेय, कुशलबाबु लामिछाने, जुनियर सिटिजन्स एकेडेमीका उच्च मा.वि. इन्चार्ज ध्रुव थापा, समाजसेवी भरत कुँवर, नेशनल एफ्.एम्.का सन्दीप पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
आगामी दिनमा सम्पूर्ण शैक्षिक संस्थाहरूसँग समन्वय गरी शैक्षिक विकासका नवीन अवधारणा अबलम्बन गरी अध्ययन संस्कृति विकासको लागि नयाँ नयाँ कार्यव्रmम लागू गर्दै लगिने संस्थाको उद्देश्य रहेको कुरा सञ्चालक सन्जिव पौडेलले जानकारी दिए । पोखरा क्षेत्रमा मात्र नभई दुर्गम बस्तीमा समेत संस्थाको सेवा विस्तार गर्दै लगिने समेत सो अवसरमा उनले जानकारी दिए ।

Post a Comment

 
Top