गोरखा श्रावण १५ – महिला विकास कार्यालय, गोरखाले एकवर्षमा ३ सय ४२ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय वितरण गरेको छ ।  अपांगता परिचय पत्र लिनेहरुमा क समुहका ९४ जना, ख समुहका ११२ जना, ग समुहका ८८ जना र घ समुहका ४८ जना रहेका छन् ।  सामाजिक सुरक्षा भत्तावापत समुह क र ख का अपांगता भएका व्यक्तिहरुले क्रमश मासिक १ हजार र ३ सयका दरले पाउने गरेका छन् । 
कार्यालयबाट हालसम्म २ हजार १७ जना अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको महिला विकास कार्यालयका प्रमुख सिता अधिकारीले बताउनुभयो । यसैगरी महिला विकास कार्यालयले जिल्लाको लापु, मान्वु, घ्याल्चोक, सिमजुङ, फुजेल, उहिया, केरौंजा, च्याङ्ली, वारपाक, लाप्राक, गुम्दा, थुमी, बोर्लाङ, पालुङ्टार र धुवाँकोटमा महिलाहरुकोलागि सचेतनामुलक कार्यक्रम, सीप तथा व्यावसायिक तालिम, व्यवसाय स्थापनाको लागि अनुदान, लैंङ्गिक हिंसा नियन्त्रणका कार्यक्रमहरु, विपदमा परेका र अभिभावक गुमाएका बालबालिकाहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

Post a Comment

 
Top