नवलपरासी , फाल्गुन १२ ( एमाओवादी नेता बाबुराम भट्टराईले कांग्रेस(एमालेको गठबन्धन शान्ति प्रकृया भाँडने र देशलाई द्वन्द्वमा लैजाने प्रयासमा लागेका आरोप लगाएका छन् । उनले पार्टीको नाम नलिइ प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको गठबन्धनले २०४७ सालको संविधानमा मात्रात्मक परिवर्तन गरी संविधान सभाबाट नयाँ संविधान जारी गर्ने प्रपन्चमा लागेका कारण आफूहरुले आन्दोलनमार्फत खबरदारी गर्न देश दौडाहामा निस्कनु परेको बताए ।
नवलपरासीको डण्डामा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले कांग्रेसभित्र प्रधानमन्त्री र एमालेका अध्यक्ष ओलीको गठबन्धन संविधानसभाबाट संविधान जारी नगर्ने प्रयासमा लागेको आरोप लगाए । अघिल्लो संविधानसभादेखि नै कोइराला र ओली गठबन्धनले संविधान सभाबाट संविधान जारी गर्न नदिने प्रयत्नमा लागेको र दोश्रो संविधानसभामा त्यसले आकार ग्रहण गरेको आरोप लगाए ।
ती दलभित्रका कोइराला र ओली गुट भन्दै पटक पटक उनले उनीहरुकै कारण संविधानसभाले निकास दिन नसकेको आरोप दोर्होयाए । पार्टीभित्र आफूलाई शान्ति विरोधी भनेर गरिएको प्रचार भ्रामक र चरित्रहत्या गर्ने खालको निराधार आरोप रहेको उल्लेख गर्दै उनले भट्टराईले शान्ति प्रकृया र सहमतिकै पक्षमा रहेको जनाए । उनले आफूहरुको आन्दोलन जनतालाई खबरदारी गर्ने र आन्दोलनमा आउन आव्ह्रान गर्ने तयारीक लागि भइरहेको दावी गरे ।
भट्टराईले फागुन १६ गते राजधानीमा खबरदारी सभा गर्न लागेको र त्यसलाई सरकारले कसरी हेर्छ त्यसै आधारमा थप आन्दोजन चर्काउने दावी गरे । आफू १८ जिल्लाको भ्रमण निस्कदा गाउँमा जनता चिन्तित भेटेको र सहरका जनताले आन्दोलन बिर्सेको पाएको उल्लेख गरे ।

Post a Comment