डि.बि.तामाङ / लक्ष्मी उच्च माध्यमिक बिद्यालय गाईखुरको ६२ बार्षिक उत्सब तथा अभिभावक सिमारोह आज सम्पन्न भएको छ । बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष तुलसी राज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यैक्रममा गोरखा क्षेत्र नः २ का सभासद हितराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बिद्यालयका श्रोत ब्यक्ति चित्रराज देबकोटा बिशेष अतिथी रहनु भएको थियो । आज भएको बार्षिक उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै माननिय सभासद पाण्डेले आफु पनि सामुदायीक बिद्यालयबाट नै आएकोले कसरी यस सामुदायिक बिद्यालयको बिकास गर्न सकिन्छ त्यसमा आफुहरु सधै लागिरहने पनि बतायनु भयो । आफ्नो क्षमताले भ्याए सम्म बिद्यालय ब्यावस्थापिन गर्न कसरी सकिन्छ त्यस तर्फ लागि रहने समेत बताउनु भयो ।
बिद्यालयको आर्थिक तथा भौतीक निमार्ण गर्नकमो लागि भन्दै प्रमुख अतिथी हितराज पाण्डेले नगद रु २५ हजार बिद्यालयका प्राचार्यलाई हस्तान्तरण समेत गर्नु भएको छ । कार्यक्रममा बिद्यालयका प्राचार्यले बार्षिकम प्रतिबेदन समेत प्रस्तुत गर्नु भएको थियो । आजै भएको कार्यक्रममा रोटरी क्लबले बिभिन्न बिद्यालयहरुलाई २६ वटा फिल्टर बितरण गरेको छ । बिद्यार्थी सङ्ख्या हेरेर ४०० भन्दा बढि बिद्यार्थी रहेको बिद्यालयलाई २ र ४०० भन्दा कम बिद्यार्थी रहेको बिद्यालयलाई १ थान फिल्टर बितरण गरेको हो । पालुङ्टार नगरपालीका भित्रका गाईखुर र पालुङ्टार गाबिसका बिद्यालयलाई रोटरी क्लबका अध्यक्ष तथा द्रब्यशाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलिप देबकोटाले बितरण गर्नु भएको हो । कार्यक्रममा बिद्यालय ब्यावस्थापन समितिका पुर्व अध्यक्ष गोबिन्द बराकोटी, लाल बहादुर बिक, श्रोत ब्यक्ति चित्रराज देबकोटा लगायतले मन्तब्य राख्नु भएको बिद्यालयका प्राचार्य टिकाराम श्रेष्ठले जानकारी दिनु भयो ।

Post a Comment

 
Top