कार्तिक २३ –निलकण्ठ नगरपालिका वडा नं १ नागेश्वर भन्ज्याङमा करेन्ट लागेर स्कुलकी छात्रा चमेली तामाङको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खाल्टे गाविस वडा नं १ धुसेनीकी  तामाङले जङ्गलबाट घास काटेर घर फर्कने क्रममा विद्युत्को खम्बा ढलेर भुइँमा लत्रेको तारमा छुँदा करेन्ट लागेको थियो । नेपाल विद्युत् प्राधिकरणलाई विद्युत सर्ट भएको जानकारी गराउँदा पनि बेवास्ता गरेको स्थानीले बताएका छन् ।

Post a Comment

 
Top