कार्तिक २० –नेपाललाई हिन्दु राज्य कायम राख्नुपर्ने माग गर्दै केहि नेताले चलाएको छलफलमा नेपाली काग्रेसका जिम्बेवार नेताहहरु सहभागि नहुने भएका छन् । काग्रेस नेता खुमबहादुर खड्का लगायत नेताहरुले आज बिहान ११ बजेकोलागि हिन्दु राज्य कायम गर्न दबाब दिने उद्येश्यले छलफल आयोजना गरेको छ । छलफलमा काग्रेसका शीर्ष नेतालाई समेत पत्राचार गरि आमन्त्रण गरिएको छ । तर, काग्रेसका शीर्ष नेताहरुले भने काग्रेस भित्र फरक बिचार राख्नेहरुले गरेको छलफलमा जिम्बेवार नेताहरु सहभागि नहुने स्पष्ट पारेका छन् । काग्रेसमा भ्रष्टाचारको आरोेपमा जेल सजाय भुक्तान गरिसकेका नेता खुमबहादुर खड्का लगायत अन्य केहि नेताहरुले नेपाल हिन्दु राज्य कायम हुनुपर्ने माग गर्दै छलफल चलाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment