कार्तिक २७ –स्वास्थ्य क्षेत्रमा क्रियाशिल बेलायति सस्था डाक्टर विथ आउट बोर्डसले ईबोलाको उच्च संक्रमित क्षेत्र, पश्चिम अफ्रिकामा नयाँ तरिकाबाट उपचार गर्ने काम शुरु गरेको छ । एम एस एफले पश्चिम अफ्रिकाको तीन ठाँउलाई केन्द्र बनाएर नयाँ तरिकाबाट निशुल्क रुपमा ईबेला संक्रमितहरुको उपचार शुरु गरेको हो । उपचार केन्द्रमा ईबोला लागेको शुरुको १४ दिन भित्र पुग्नेहरुलाई बचाउन सकिने खालको औषधि प्रयोग गरिने एम एस एफका प्रवक्ताले बताएका छन् ।

जहाँ विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त २ ओटा औषधि प्रयोग गरिने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पश्चिम अफ्रीकामा महामारीका रुपमा फैलिएको इबोलाका कारण मृत्यु हनेको संख्या ५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार ईबोला भाईरसको संक्रमणका कारण हालसम्म ५ हजार १ सय ६० जनाको मृत्यु भएको छ । डब्ल्युएचओले इबोला नियन्त्रणमा ध्यान पु¥याउन विश्वकै ध्यानाकर्षण गराएको छ । ईबोलाका कारण गिनी, लाइबेरिया, र सियरालियोनमा १४ हजार भन्दा बढी प्रभावित रहेको तथ्य बाहिर आएको छ । 

Post a Comment

 
Top