गोरखा जिल्लामा बसोवास गर्दै आएका सुकुम्वासी, भुमिहिन र अव्यवस्थितद्वारा आवेदन फारम भर्ने काम तिव्र, हाल सम्म ४ सय ८८ जनाले आवेदन भरे । गोरखा, कार्तिक १६ –गोरखा जिल्लामा बसोबास गर्दै आएका बास्तिविक सुकुम्वासी, भुमिहिन र अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्ने हेतुले सुकुम्वासी समस्या समाधान जिल्ला समिति गोरखाले आह्वान गरेको आवेदन फारम भर्ने कार्यले तिव्रता पाएको समितिको अध्यक्ष सम्झना देवकोटाले जानकारी दिनुभयो ।  हालसम्म ४ सय २२ अव्यवस्थित बसोबासी, ५७ बास्तविक सुकुम्वासी र ९ भुमिहिन गरी ४ सय ८८ जनाले आवेदन भरेका छन् । आवेदन फारम भर्नेहरुमा उत्तरी गोरखाको सामागाँउ, छेकम्पार, देखी घ्याल्चोक, पालुङटार, च्याङ्ली लगायतका गाविसका रहेका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । आवेन फारम भर्ने अन्तिम मिति यहि कात्तिक ३० गते रहेको छ । आवेदन फारम भर्नको लागी सम्वन्धित गाविस, नगरपालिका लगायत सरोकारवाला निकायहरुसंग समन्वय भईरहेको सुकुम्वासी समस्या समाधान जिल्ला समिति गोरखाले जनाएको छ ।

Post a Comment

 
Top