कार्तिक २१ –नवलपरासीको गैंडाकोटमा आजदेखि प्रथम गैडाकोट महोत्सव शुरु हुदैछ । उद्योग बाणिज्य संघ गैंडकोटको अगुवाईमा तथा जिल्ला विकास समिति नवलपरासी र गैंडाकोट नगरपालिकाको संयुक्त आयोजनामा पहिलो पटक महोत्सव आयोजना गरिएको हो । आयोजकका अनुसार महोत्सवको आज उप–प्रधान एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै हुनुहुन्छ ।
महोत्सव आयोजक मूल समितिका संयोजक एवं उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनका अनुसार आज बिहान कलससहितको शोभायात्राले गैंडाकोट बजार क्षेत्र परिक्रमा गरि अहिले महोत्सवको विधिवत उद्घाटनको तयारी भैरहेको छ । महोत्सव परिसरमा नेपाली अलावा भारतीय, चिनीया र बंगालादेशका उत्पादनको पनि प्रदर्शनी र बिक्रीको व्यवस्था मिलाइएको छ । विभिन्न प्रकारका दैनिक उपभोग्य सामाग्रीहरु, जडीबुटी, अटोमोवाइल्स, इलेक्ट्रोनिकल्स, तयारी पोशाक, स्वदेश र विदेशको प्रदर्शनीका साथै ¥यफ्टिङग र मोटरवोटबाट नदी सयर महोत्सवका मुख्य आकर्षण छन् ।

Post a Comment