कार्तिक २१ –सोलुखुम्बुको पर्यटकीय खुम्बु क्षेत्रमा भदौ दोश्रो सातादेखि सुरु गरिएको ईन्टरनेट जडान कार्य सकिएको छ । अहिले सगरमाथा र आमादाव्लम हिमालको आधार शिबिरमा समेत वाइ फाइ सेवा सुरु भईसकेको छ । खुम्बु क्षेत्रमा जडान गरिएको ईन्टरनेटको गति अहिले २० एम.बी प्रति मिनेट रहेको र तत्कालै ब्याण्डविथबाट ४० एमबि पु¥याईने कम्पनीको तयारी छ । खुम्बु क्षेत्रमा नेपालकै सबै भन्दा तिब्र गतिको इन्टरनेट सेवा दिने कम्पनीको लक्ष्य छ । इन्टरनेटले पर्यटकहरुलाई आफ्ना घरपरिवारसँग सुचना सम्प्रेषणका लागि सहज हुने अपेक्षा गरिएको छ ।

Post a Comment

 
Top