कार्तिक २० –सक्तारुढ दलले पेस गरेको सात प्रदेशको प्रस्ताबले दलहरुबीच बढेको धु्रबिकरण हटाउन आज पनि छलफल हुने भएको छ । प्रकृयाबाट जादा माघ ८ मा संबिधान जारी गर्न नसकिने भन्दै दलहरुले फेरी सहमतीको पहल स्वरुप छलफल गर्न लागेका हुन् । सहमती जुटाउने पहलमा तीन दल काग्रेस एमाले र एकीकृत माओबादीको बैठक बिहान १० बजेपछि सभामुख सुवास नेम्वाङको कार्यकक्षमा बस्नेछ । बैठकमा प्रमुख तीन दलका एक–एक जना शीर्ष नेता, सभामुख नेम्वाङ, सम्बाद समिति सभापति बाबुराम भट्टराई, मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला सहभागि हुनेछन् । आजको बैठकमा माओबादीले सात प्रदेशबाट केहि बढ्न र पहिचानमा लचक हुन सक्तारुढ दललाई आग्रह गर्ने तयारी गरेको छ । काँग्रेस–एमालेलगायतका दलले केही दिनअघि संवादसमितिमा संविधानका विवादित विषयमा सहमतिका लागि सात प्रदेशको प्रस्ताव बुझाएपछि सक्तारुढ दलसँग एकीकृत माओवादी र मधेसवादी दलहरुको ध्रुवीकरण बढेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment