श्री स्वाँरा सघन गाउँ विकास केन्द्र गोरखाले डव्लु डब्लु एफ नेपालसँगको साझेदारिमा गोरखा जिल्लामा सञ्चालन गरिरहेको हरियो वन कार्यक्रम अन्र्तगत दरौंदी जलाधार क्षेत्रभित्रका विभिन्न १५ सामुदायिक वन उपभोक्ता समुहहरुलाई (54’’x15’’x30’’) को अफिसियल स्टील दराज प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक वन उपभोक्ता समुहहरुलाई आफ्नो वन समुहका कागज पत्रहरुलाई सुरक्षित र व्यवस्थित तवरबाट राख्नको लागि यो दराज उपलव्ध गरार्ईएको हो । दराज प्रदान गरिएको सामुदायिक वन उपभोक्ता समुहहरुमा वनदेवी सा.व.उ.स., देउराली ५, ठुलो वन सा.व.उ.स.,गोरखा नगरपालिका ११, भँगेंरेस्थान सा.व.उ.स., गोरखा नगरपालिका ११, दरौंदीडाँडा सा.व.उ.स., मीरकोट ५, दुम्सीभीर सा.व.उ.स., मीरकोट ४, धोद्रे सा.व.उ.स. गारखा नगरपालिका ४, ठुलो वन सा.व.उ.स., गो.न.पा. ४, रातढुङ्गा गोलपोले सा.व.उ.स., नारेश्वर, टारपाखा सा.व.उ.स., जौवारी, भुवानेस्थान छिपछिपेपाखा सा.व.उ.स., मुच्चोक १, माउसुली पाखा सा.व.उ.स., सिम्जुङ्ग ९, अमलेमन्दिरडाँडा भीरकुना सा.व.उ.स.,सिम्जुङ्ग ५, तसारपाखा सा.व.उ.स., वारपाक मान्द्रे, रागर सा.व.उ.स. वारपाक र इप्चेना तथा सुनानपाखा सा.व.उ.स. वारपाक रहेका छन् । कार्तिक २३ गतेबाट २६ गतेसम्म (४ दिन) लगाएर सा.व.उ.स.हरुलाई दराज वितरण कार्यक्रम सम्पन्न गरिएको हो । हरियो वन कार्यक्रमले जैविक विविधता संरक्षण, दिगो भू–परिधि व्यवस्थापन र जलवायु परिवर्तन अुकुलन जस्ता क्षेत्रमा काम गर्दै आईरहेको छ । यसका साथै दिगो जीविकोपार्जन, लैंगीक तथा सामाजिक समावेशिकरण, सुशासन अदि पक्षहरुलाई समेत समेटेर क्रियाकलापहरु अगाडि वढाउँदै आईरहेको छ ।

Post a Comment

 
Top