कािर्तक २५ –सुकुम्बासी समस्या समाधान आयोग मोरङमा सात हजार सुकुम्बासीले धनीपुर्जाका लागि नाम दर्ता गराएका छन् । सुकुम्बासी समस्या समाधान आयोग मोरङका अध्यक्ष मानप्रसाद लिम्बूका अनुसार सुकुम्बासीलाई लालपुर्जा बाँड्न आवेदन मागेपछि जिल्लाका सात हजार सुकुम्बासीले नाम दर्ता गराएका हुन् । बेलबारी र विराटनगर दुई ठाउँमा नाम दर्ता गराउने व्यवस्था गरेको छ । करिब दुई वर्षअघि १३ हजार सुकुम्बासीले परिचयपत्रका लागि आयोगमा आवेदन दिएका थिए । उनीहरुलाई सुकुम्बासीको परिचयपत्रसमेत प्रदान गरिएको पूर्वअध्यक्ष खेमराज प्रधानले बताउनु भयो । परेका निवेदन माथि छानबिन गरी फिल्डमा नापजाँच गरेर मिल्ने जतिमा लालपुर्जा बाँड्ने अध्यक्ष लिम्बूको भनाइ छ ।

Post a Comment

 
Top