कार्तिक १० –संविधानका विवादित विषयमा सहमती गर्ने प्रयास स्वरुप आज पनि प्रमुख दलका शिर्ष नेताहरुबिच छलफल भइरहेको छ । प्रमुख तिन दलका शिर्ष नेताहरुको बैठक अहिले सिंहदरमा बसिरहेको छ । विवादित विषय राज्यपुनरसंरचना, शासकिय स्वरुप लगायतमा एकिकृत माओवादी, नेपाली कांग्रेस र नेकपा  एमालेका शिर्ष नेताहरुबिच छलफल भइरहेको छ ।

हिजो तिन दलका शिर्ष नेताहरुले छुट्टा छुट्टै छलफल गरेका थिए । एमाओवादी नेताहरुले एमाले र नेपाली कांग्रेसका नेताहरुसंग छुट्टा–छुट्टै वार्ता गरेका थिए । वार्ताका क्रममा एमाले नेताहरुले चार प्रदेश सहितको संघीय प्रस्ताव अघि सारेका छन् । एमालेले यसअघि नेपाली कांग्रेसले जस्तो ७ प्रदेशको अवधारणा सार्बजनिक गरेको थियो । तर, हिजो एमाले नेताहरुले ४ प्रदेशको नयाँ प्रस्ताव राखेका छन् । एमाओवादीे पहिचानका आधारमा १० प्रदेश हुनुपर्ने अडानमा छ जसले गर्दा सहमतिको सम्भावना झन् टाढिएको छ ।

Post a Comment

 
Top