कार्तिक १० –हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन सक्ने अनुमान गरिएको छ । अरबियन सागरमा हुदहुद जस्तै आउने र त्यसले आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुने र भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट नेपालको पूर्वी भागमा यसको असर देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण नेपालमा मौसम बदली भएको र काठमाडौँलगायत देशका विभिन्न भेगमा हिजो पानी परेको छ मौसमविद् मिनप्रसाद अर्यालले बताउनु भयो ।
उहाँले सामुिद्रक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको जानकारी दिनुभयो । सो समयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ ।

Post a Comment