असोज २३ –एक दिवशीय क्रिकेटमा भारत वेष्ट ईन्डीजसंग पराजित भएको छ । मार्शल सेमुअलको शतकीय पारीको मद्दतमा वेष्ट ईन्डिजले भारतलाई १ सय २४ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको वेष्ट ईन्डीजले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रन बनायो । ३ सय २२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको भारत मात्र १ सय ९७ रन बनाउँदै अल आउट भयो । वेष्ट ईन्डिजका लागि सेमउलले सर्वाधिक १ सय २६ तथा रामदिनले ५९ रन बनाउनुभएको थियो । तर, वेष्ट ईन्डिजका बलरहरु अगाडी भारतीय ब्याट्सम्यान निरिह देखिए । भारतका लागि शिखर धवनले सर्वाधिक ६८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment