कार्तिक १० –गोरखाको देउराली गाविसका स्थानीय बासिन्दाले चन्दा उठाएर सडक निर्माण गरेका छन् । गाउँदेखि बूढीकोटसम्मको करिब दुई किलोमिटर लामो सडक गाउँलेले निर्माण गरेको मोटरबाटो निर्माण समितिका अध्यक्ष टीकाराम भण्डारीले जानकारी दिनुभयो । बूढीकोट नयाँ पर्यटकीय गन्तव्य हो । प्रगतिशील गाईपालन समूह, छाकु महिला समूह, स्थानीय युवा तथा बाल कल्याण समूहको सक्रियतामा सडक खनिएको हो । देउरालीको वडा नं ३ का स्थानीयवासीले श्रमदान र चन्दा उठाएर सडक निर्माण गरेका हुन् । दुई लाख ५० हजार चन्दा उठाएर सडक निर्माण गरेको अध्यक्ष भण्डारीको भनाइ छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment