कार्तिक १० –जाजरकोटमा तीन गाविसको राँगा एकै ठाउँमा जम्मा गरी जुधाउने मेला आज पनि जारीे छ । हिजोबाट शुरु मेलामा जिल्लाको मजकोट, कोताङ, दह गाविसबाट राँगा ल्याएर कोताङ गाविस–४ चौतारामा राखेर एकै साथ जुधाउने गरिन्छ । 

बाइसे, चौबिसे राज्य हँुदादेखि नै राँगा जुधाएर रमाइलो गर्ने चलनअनुसार तीन गाविसका राँगा जम्मा गरी जुधाएर रमाइलो गरिँदै आएको छ । तीनै वटा गाविसका स्थानीय जम्मा हुने र राँगाहरुबिच प्रतियोगिता  पनि गराइन्छ । जुन गाविसको राँगाले प्रतियोगितामा जित्छ उसै गाविस प्रथम हुनुका साथै सबै मिलेर मनोरञ्जन गर्ने चलन रहेको मेला आज सकिदैछ ।

Post a Comment

 
Top