कार्तिक १० –तिहार लगत्तै तनहुँको दमौली अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । रुघाखोकि र ज्वारोका दैनिक १ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, दम, ग्यास्ट्रिक, निमोनियाका बिरामी आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । ब्यास नगरपालिका, काहुँशिवपुर, जामुने, पोखरीभञ्ज्याङ, घाँसीकुवा, क्यामिनलगायतकाा ठाउँबाट बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment