कात्र्तिक ५ –बाग्लुङका केही गाविसमा लगाइएको लेकाली भाँगो प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ताराखोला, अर्गल र हिल गाविसको ठूलो क्षेत्रफलमा लगाइएको भाँगोको बोट फँडानी गरेको हो । प्रहरी टोलीले ताराखोला र अर्गलमा गरी सय रोपनीभन्दा धेरै क्षेत्रफलमा लगाइएको भाँगो नष्ट गरेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । हालसम्म ७० रोपनी क्षेत्रफलमा लगाइएको भाँगो फँडानी गरिएको बस्नेतले जानकारी दिनुभयो । व्यावसायिक भाँगोखेतीको नाममा अवैध रुपमा लागुऔषध गाँजाको उत्पादन तथा बिक्री भइरहेकाले फँडानी गर्न बाध्य हुनु परेको बस्नेतको भनाइ छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment