तिहारको वेला ९ बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यलय गोरखाको अनुरोध ।गोरखा, कात्र्तिक ५ –यस बर्षको तिहारमा राति ९ बजेसम्म मात्र देउसी भैलौ खेल्न गृह मन्त्रालयले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले पनि रातिको ९ बजेसम्म मात्र देउसी भैलो खेल्न विज्ञप्ती जारी गरी आग्रह गरेको छ ।
रातिको समयमा लामो समयसम्म देउसी भैलो कार्यक्रम गर्दा अवान्छीत गतिविधि हुन सक्ने भन्दै जिल्लाको सुरक्षालाई मध्यनजर राख्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । यस्तै चाड पर्वको अवसरमा भुईचम्पा, पटका र आतसवाजी जस्ता विष्फोटक पदार्थको प्रयोग नर्गन पनि विज्ञप्ती मार्फत् आग्रह गरेको छ । त्यस्तै चाड पर्वको वेला जुवातास, जाडरक्सीको सेवन, जवरजस्ती चन्दा असुल्ने, यातायातमा अवरोध पु¥याउने जस्ता कार्य नगर्न पनि अनुरोध गरिएको छ । यदि त्यसो गरेको पाईएमा प्रचलित कानुन बमोजीम कारबाही गर्ने विज्ञप्ती मार्फत जनाईएको छ ।साथै, नेपालीहरुको महान् पर्व शुभदिपावल,ि छठ पर्व, बकर इद, नेपाल सम्वत लगायतका चाड पर्वको अवसरमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले सम्पूर्ण जिल्लाबासीहरुलाई शुभकामना दिनुभएको छ ।

Post a Comment

 
Top