कार्तिक १२ –आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री क्रिकेटमा मलेसियाले नेपाल सामु १ सय ४३ रनको विजय लक्ष्य पेश गरेको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि व्याटिङको निम्तो पाएको मलेसियाले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो । नेपाली कप्तान पारस खड्काले ४ विकेट लिनुभयो भने भुवन कार्कीले ३, शक्ति गौचनले २ तथा सागर पुनले १ विकेट लिनुभयो । मलेसियाका लागि अनवर अरुदिनले सर्वाधिक ६९ रन बनाए । नेपालले लक्ष्य पछयाउँदै जवाफी व्याटिङ गर्दैछ । आजको खेल जितेमा नेपाल डिभिजन टु मा बढुवा हुनेछ । मलेसियासँग हारेको अवस्थामा भने रनऔषतका आधारमा शीर्ष २ टोलीको टुंगो लाग्नेछ । नेपालले ४ मध्ये ३ खेल जित्दै प्लस २ भन्दा बढिको रनऔषत बनाएको छ । यस्तो अवस्थामा मलेशियासँग धेरै ठुलो अन्तरले पराजित भएको अवस्थामा मात्र नेपाल डिभिजन थ्रि मै रहनुपर्नेछ । चार खेल खेलिसकेकोे नेपालले तीन खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । नेपालले बर्मुडा, सिङ्गापुर र अमेरिकालाई पराजित गरेको थियो भने युगान्डासँग हार बेहोरेको थियो । प्रतियोगितामा शीर्ष दुईभित्र पर्ने टोली डिभिजन टु मा बढुवा हुनेछन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment