कार्तिक १२ –नवलपरासीको   त्रिवेणी  क्षेत्रका  स्थानीय बासिन्दा त्रिवेणीमा चुरे पहाडबाट बगेर आउने पानीको निकासा नहुँदा समस्यामा परेका छन् । पहाडबाट बगेर आउने पानीको निकास नभएका कारण वडा नं ७ र ८ का करिब एक हजार घरधुरी प्रत्यक्षरुपमा मारमा पर्दै आइरहेका छन् । चुरे पहाडबाट आउने पानी घरको आँगनको बाटो हुँदै बग्ने गरेको छ भने दक्षिणतर्फ गण्डक सम्झौताअनुरुप निर्मित नेपाली नहर तथा भारतीय गण्डक नहरका कारणले पानीको निकास बन्द भएको छ । यसैबीच खोला पीडितले पानीको निकासको माग गर्दै स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

Post a Comment

 
Top