कात्र्तिक ५ –तिहारका लागि चाहिने मखमली र सयपत्री फुल पाईन छाडे पछि कपिलवस्तुका बजारमा प्लास्टिकका मालाको ब्यापारमा बृद्धि भएको छ । केही बर्षयता मख
मली र सयपत्री फुलको अभाव हुँदा प्लास्टिक र कपडाको मालाको व्यापार बढेको हो । तिहारलाई लक्षीत गरी ब्यपारीहरुले प्लास्टीकका माला भारतबाट आयात गरेका छन् । कपिलवस्तुको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाष्टिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । यसैबिच स्थानीय प्रशासनले कपिलवस्तुमा पटाका, बिस्फोटजन्य पदार्थ, भूईचम्पाको आयात तथा बिक्री बितरणमा प्रतिबन्ध लगाएको छ । शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रशासनले बिस्फोटजन्य पदार्थको बिक्री बितरण तथा प्रयोग गर्न रोक लगाएको रेडियो परिर्वतन कपिलवस्तुले जनाएको छ ।

Post a Comment

 
Top