(एजेन्सि) पुर्बी युक्रेनमा फेरी युद्ध चर्किएको छ । दुई पक्षबीचको युद्धबिराको बेवास्ता गर्दै फेरी आक्रमणका घटना तिब्र पारिएको छ । युक्रेनमा बिद्रोही र सेनाबीच सेप्टेम्बर ५ देखि युद्धबिराम लागु भएको थियो । युक्रोनको पुर्वी शहर दोनेत्स्कमा हिजोदेखि आक्रमणका घटना तिब्र पारिएको र आक्रमण क्रम अहिले पनि जारी रहेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । गत अप्रिलदेखि त्यहाँ जारी युद्धको क्रममा अहिले सम्म दुई हजार ६ सय भन्दा धेरै मारिएका छन् । युद्धमा बिद्रोहीहरुलाई रुषले सहयोग गरिरहेको पश्चिमा देशले आरोप लगाइरहे पनि रुस र बिद्रोहीहरुले त्यसलाई खण्डन गर्दै आएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment