नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले नयाँ संविधान आदिवासी जनजाति मैत्री बन्नेमा शंका रहेको बताउनुभएको छ ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कुमालले सरकारले विगतमा महासंघसँग भएका सहमति, सम्झौता उल्लंघन गर्दै अघि बढेकाले आदिवासी, जनजाति, उत्पीडित,लगायतको पक्षमा संविधान नबन्ने बताउनुभएको हो ।
उहाँले पहिचानसहितको संविधान जारी गराउनका लागि आपूmहरु आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । आपूmहरुको आन्दोलन पहिचान, समानता, देशको समृद्धिका लागि भएको उहाँको भनाई छ ।
सरकारले यही भदौ १३ गते आदिवासी जनजाति,लगायत पछाडि परेका समुदायलाई समावेशी प्रतिनिधित्व नगरी अन्तरिम संविधान र सर्वोच्च अदालतको आदेशलाई उल्लंघन गर्दै सभासद् नियुक्ति गरेको भन्दै अध्यक्ष कुमालले आपत्ति जनाउनुभयो ।
५९ सूचिकृत आदिवासी जनजातिमध्ये सविधानसभामा ३४ जातिको प्रतिनिधित्व हुन नसकेको भन्दै उहाँले सहभागि गराउन माग गर्नुभयो । महासंघले आगामी असोज १ देखि ३ गतेसम्म संविधानसभा भवन नयाँ बानेश्वरमा धर्ना दिने, जिल्ला समन्वय परिषद्हरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनेलगायत प्रस्तावित प्रान्तहरुमा आमसभा गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

Post a Comment