गोरखा श्रावण १७ – एकिकृत नेकपा माओवादीको नारेश्वर गाँउ पाटी बैठक आज सम्पन्न भएको छ । एकिकृत नेकपा माओवादी नारेश्वर गाँउ पाटी उपाध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षता र क्षेत्र नं. १ का इन्चार्ज दिपक तिमल्सीना (साकार)को प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकमा प्रमुख अतिथि तिमल्सीना र इलाका नं. ११ का इन्चार्ज दिल बहादुर सेञ्चुरी (रञ्जित) ले प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै बैठकमा अंकुर तिमिल्सीना (आयाम)ले योजना तथा इलाका नं.२ का इन्चार्ज कृष्ण राना मगर (क.विनम्र) ले जिल्लाको परिपत्र प्रस्तुत गर्नुभएको थियो । बैठकमा पार्टीको वर्तमान राजनितिक अबस्था, पार्टीले लिएको कार्यदिशा, कार्यनिति तथा अहिले देखा परेको गुट र फुटवादी गतिविधिको बारेमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।
बैठकका सहभागीहरुले पार्टी गुट र फुटको दिशामा जान नहुने बताएका छन् ।

Post a Comment

 
Top