गोरखा श्रावण १७ – गर्भधारण भएको ४ पटकसम्म लगातारमा रुपमा गर्भजाच गराउनु पर्ने भएपनि गोरखामा नियमित रुपमा गर्भ जाँच गराउने महिलाको संख्या घट्दै गएको छ । गर्भ रहेको थाहा भएपछि प्रथम पटक भने गर्भ जाँच गराउने तर नियमित रुपमा दास्रो, तेस्रो र चौथौ पटकसम्म गर्भ जाँच गराउने महिलाहरुको संख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
आर्थिक कार्य वर्ष २०७०÷०७१ मा गोरखाका ४ हजार ३ सय ८२ जना गर्भवती महिलाले प्रथम पटक गर्भ जाँच गराएकोमा नियमित अथवा चौथौ पटक सम्म गर्भ जाँच गराउने महिलाको संख्यामा घटेर २ हजार ४ सय २४ पुगेको जन स्वास्थ्य कार्यालयको कार्यप्रगती तथ्याङ्कमा उल्लेख छ ।
गोरखा नगरपालिका र आसपासका गाविसका महिलाहरुले नियमित रुपमा गर्भ जाँच गराउने गरेता पनि उत्तरी भेगका महिलाहरुले भने अशिक्षा, गर्भ परिक्षणका लागि स्वास्थ्य संस्थाको अपायक लगाएतका विविध कारणले नियमित गर्भ परिक्षणमा समस्या परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै ७०÷७१ मा गोरखका २ हजार महिलाले बच्चा जन्माएका र ४ सय १० जनाले भने सुरक्षित गर्भपतन गराएका छन् ।
यस्तै, गोरखामा परिवार नियोजनका अस्थाई साधन इम्प्लान्ट प्रयोग गर्ने महिलाको संख्यामा बृद्धि भएको छ । पछिल्लो समयमा इम्प्लान्ट परिवार नियोजनको प्रभावकारी अस्थाई साधन भएको भन्दै प्रयोग गर्ने महिलाको संख्यामा उल्लेख्य बृद्धि भएको तथ्याङ्क सहायक धन बहादुर वि।सी बताउनुभयो । आर्थिक बर्ष ०७०÷७१ मा १ सय ६७ महिलाले इम्प्लान्ट प्रयोग गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै यहि कार्य बर्षमा गोरखाका १ सय ८६ महिलाले मिनिल्याप गरेको र ३६ जनाले आई।यू।सी।डि सेवा लिएका छन् भने २ हजार ६ सय ६८ महिलाले डिपो लगाएका छन् । जन–स्वास्थ्य कार्यालयले २ लाख ४३ हजार ७ सय ८५ पत्ता कण्डम वितरण गरेको छ ।

Post a Comment