गोरखा, श्रावण ४
गोरखामा दुध विक्रीबाट वर्षेनी चार करोड ७३ लाख अठासी हजार भन्दा बढी आम्दानी हुने गरेको छ । दुग्ध सहकारी संस्थाले चौमासिक रुपमा दूई हजार ६४५, र खुलाबजारबाट एक हजार लिटर दुध दैनिक विक्री हुने गरेको छ । सबै भन्दा धेरै दुध विक्री गर्नेमा जनसेवा बहुउद्धेश्यिय सहकारी संस्था लि घ्याल्चोक रहेको छ । जसले दैनिक एक हजार चारसय पचास लिटर दुध संकलन गरी विक्री गर्दै आएको छ । दुध उत्पादन गरी विक्री गर्ने उदेश्यका साथ गोरखामा १६ सहकारी संस्थाको स्थापना भएको जिल्ला पशु सेवा कार्यालय गोरखाका पशु चिकित्सक डा. जीवन पोखरेलले जानकारी दिनुभयो । दुध उत्पादनमा गोरखाका एक हजार ६८६ जना किसान प्रत्यक्ष सहभागि भएका छन् । संगठित बजारबाट एक करोड, ४२ लाख ८३ हजार र खुला बजारबाट १५ लाख १३ हजार चौमासिक आम्दानी हुने गरको छ । जिल्लामा दुग्ध उत्पादन कार्यक्रम लागु भएसँगै दुध उत्पादन गर्ने किसानहरुको संख्या बढेको पाखेरेलले बताउनुभयो । दुध उत्पादन बढेसँगै किसानहरुको जीवनस्तरमा समेत सुधार आएको उहाँले बताउनुभयो ।जिल्लामा कृषि विकास मन्त्रालयबाट व्यावसायिक कृषि तथा व्यापार आयोजना अन्तर्गत लघु अनुदान कार्यक्रम सञ्चालन भएसँगै पशुपालन गर्ने किसानहरुको संख्यामा वर्षेनी वृद्धि भएको उहाँको भनाई छ ।

Post a Comment