१५ साउन । विश्वमै दुलर्भ हुँदै गइरहेको चरा नीलकण्ठ नेपालबाट पनि क्रमशः लोप हुँदै गइरहेको छ । विशेषज्ञहरूका अनुसार नीलकण्ठ मात्र होइन, विगत केही वर्षयता यस क्षेत्रबाट करिब १५ प्रजातिका चरा क्रमशः लोप हुँदै गइरहेका छन् । तीमध्ये चिल, बाज, धनेश, गिद्ध, काठखोदी, गरुड, बिस्टो, कुकुर भङ्गेरा, किङफिसर, तित्रा, केका, चखेवा र धोबीचरो प्रायः लोप भइसकेका छन् भने कतिपय प्रजातिका अन्य चरा पनि लोप हुने अवस्थामा पुगेका छन् ।
साउनको सोमबारका दिन नीलकण्ठको दर्शनपश्चात् मात्र भोजन गर्ने कतिपय शिव अनुयायी यस पटक पनि निराश भएका छन् । नीलकण्ठ चराका अभावमा उनको दर्शनबिना नै अन्ततः निराश भई भोजन गर्नु परेको उनीहरू बताउँछन् । यो अशुभ सङ्केत हो, लामो समयदेखि कर्मकाण्ड गर्दै आएका पुरेतबाजे हरेकान्त झा भन्नुहुन्छ–“देवाधिदेव महादेवको चरा रुप नीलकण्ठको दर्शन गर्नु प्राचीन परम्परा हो र यो तोडिनु राम्रो लक्षण होइन ।” नीलकण्ठ चरा यसपटक मात्र देखापरेको होइन, पर्सा विजवनियाका जयकिशोर यादवले भन्नुभयो–“विगत एक दशकअघि सम्म बारी, बगैँचा र घरका छेउछाउमा देखापर्ने यो चरा चार–पाँच वर्षदेखि नै लुप्त प्रायः भएको देखिन्छ ।”
धार्मिकग्रन्थका अनुसार समुन्द्रमन्थन गर्दा निस्किएको कालकुट विष पान गरेपछि भगवान् महादेवको नीलोकण्ठबाट अवतरित नीलकण्ठ चराको दर्शन गरे भगवान् प्रसन्न भई शुभ हुने जनविश्वासका साथ शिव भक्तजन साउनको सोमबारका दिन नीलकण्ठ चराको दर्शन गर्ने गरेका छन् ।
दैवी अवतारका रूपमा चिनिने नीलकण्ठ चरा धार्मिक दृष्टिकोणले मात्रै होइन, वैज्ञानिक तथा वातावरणीय दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण भए तापनि यो लोप तथा दुर्लभ हँुदै गइरहेकामा चरा विशेषज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । बर्सेनि भारतबाट आउने गरेका समूह–समूहका चिडियामार ले जिल्लाका विभिन्न गाविसमा घुमेर चरालाई मार्ने गरेको र कतिपय सुन्दर चरालाई समातेर बेच्नका लागि भारतका ठूलठूला सहरतर्फ लग्ने गरेकाले पनि त्यस्ता चरा लोप हुँदै गइरहेको उनीहरूले बताएका छन् । तर ठाकुरराम बहुमुखी क्याम्पसका जीवविज्ञान विषयका प्राडा प्रमोद कुशवाहा चरा यसरी लोप हुँदै जानुमा वैज्ञानिक कृषिको नाममा रासायनिक मल, रासायनिक पदार्थ र कीटनाशक औषधिको जथाभावी र अत्यधिक प्रयोग, अनियन्त्रित चोरी–सिकारी, चरन क्षेत्र र बासस्थानको अभाव नै प्रमुख कारक तत्व भएको बताउनुहुन्छ । “कीटनाशक औषधिको अधिक प्रभावले नीलकण्ठलगायतका अन्य चराको फूल कमजोर भएको छ”–प्राडा कुशवाहा भन्नुहुन्छ–“हाल चरा ओथारोमा बस्दा फूल फुट्ने भएकाले चराको वृद्धि दर धेरै कम पाइएको छ भने चराको प्रजनन क्षमतासमेत प्रभावित भएको छ ।”
नीलकण्ठको तालुमा एक प्रकारका नीलो तर अत्यन्त महत्वपूर्ण तथा महँगो हाड हुने भएकाले उक्त हाडका लागि कतिपयले नीलकण्ठलाई मार्ने गरेको पाइन्छ । उक्त हाडलाई पिँधेर विशेषतः विष सेवन गरेको व्यक्तिलाई खुवाएमा विषबाट मुक्त हुन्छ भन्ने परम्परागत मान्यता रहेको पाइन्छ ।
नीलकण्ठको बसोबास क्षेत्र मानिएको झापा, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थुप्रै तराईका जिल्लामा विगत केही दशकअघि सम्म नीलकण्ठ चरा अत्यधिक पाइने गरिएको भए पनि हाल नीलकण्ठका प्रजाति लोप हुँदै गइरहेको चरा विशेषज्ञहरू बताउँछन् । नेपालबाट नै प्रायः लोप हुन लागिरहेको नीलकण्ठलगायतका यस्ता चराको संरक्षण र संवद्र्धनका लागि सरकारले यसको अध्ययन र अनुसन्धान गर्नुपर्ने सुझाव स्थानीयवासीको छ । रासस

Post a Comment