स्याउले हाम्रो शरीरलाई निकै नै फाइदा पुर्याउँने गर्दछ । बेलायती अनुसन्धानकर्ताले गरेको एक अध्यन अनुसार ५० वर्ष भन्दा माथिका ब्यक्तिले हरेक दिन एउटा स्याउ खाए हृदयाघातका कारण हुने बार्षिक मृत्युदर ८ हजार ५ सयले कम गर्न सकिने बताएका छन् ।
स्याउले मानिसलाई बिना कुनै साइड ईफेक्ट मुटुको स्वास्थ्यका लागि औषधिले जत्तिकै काम गर्ने दावी अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेका छन् । मुटु सम्बन्धि समस्याका लागि दिइने स्टाटिन औषधीले जस्तै स्याउबाट पनि कोलेस्ट्रोलको मात्रा घटाउन सकिने अनुसन्धानकर्ताको भनाई छ ।
स्याउ फ्ल्याभानोइड्स र एन्टीअक्सिडेन्ट भन्ने रासायनिक यौगिकहरुको प्राकृतिक श्रोत भएकाले स्वास्थ्यका लागि उपयुक्त मानिन्छ । ५० वर्ष भन्दा माथिको उमेरका मानिसहरु, मुटु सम्बन्धि रोगको जोखिम बढी हुने भएकाले त्यसबेला स्याउको उपभोग सबैभन्दा महत्वपूर्ण हुने अनुसन्धानकर्ताको भनाई छ ।

Post a Comment

 
Top