लमजुङ श्रावण १५ – लमजुङमा नेपाल टेलिकमले पहिलोपटक ‘थर्ड जेनेरेशन’ अर्थात थ्रीजी सेवा संचालनमा ल्याएको छ । जिल्लाका विभिन्न ८ वटा ठाउँमा टेलिकमले थीजी सेवाका लागि उपकरण जडान गरेपनि पहिलो चरणमा ५ वटा ठाउँबाट थ्रीजी सेवा संचालनमा ल्याएको हो । टेलिकमले सदरमुकाम बेसीशहर, भकुण्डे, भोटेओडार, सुन्दरबजार र तार्कुघाट क्षेत्रमा थ्रीजी सेवा संचालनमा ल्याएको जनाएको छ । त्यस क्षेत्रमा भएको टेलिकमको बीटीएसमा जडान गरिएको सिस्टमबाट थ्रीजी सेवा प्रवाह गरिएको नेपाल टेलिकम लमजुङ शाखाका प्रमुख सुवास न्यौपानेले जानकारी दिए । नेपाल टेलिकमको बेसीशहरस्थित कार्यालय, तार्कू र बाँझाखेत सिरुबारीमा रहेको सिस्टमबाट दशैँ अगावै थ्रीज्री सेवा प्रवाह गरिने न्यौपानेले बताए । थ्रीजी सेवा संचालनका लागि शुरुमा नेपाल टेलिकमबाट वितरित जीएसएम सिमजडित मोवाईलको म्यासेज बक्समा गएर ३ अर्थात थ्री र संगै जोडिने गरि जी लेखेर १४०० मा म्यासेज गर्नुपर्ने हुन्छ । म्यासेज पठाएको २४ घण्टापछि थ्रीजी सेवा उपभोग गर्न सकिने टेलिकमले जनाएको छ । थ्रीजी चलाउँदा १ एमबी डाटाको करबाहेक १ रुपैँया पर्छ । भिडियो कल गर्न मिनेटको करबाहेक २ रुपैँया पर्ने टेलिकमले जनाएको छ । अहिले वितरण भईरहेका सिमहरु थ्रीजीको भएपनि शुरुमा बाँडिएका सिमहरु टुजीका रहेकाले त्यसलाई थ्रीजीमा एक्टीभ गराउनुपर्ने टेलिकमले जनाएको छ । थ्रीजी जडान गरेपछि नेपाल टेलिकमद्धारा वितरित सिमबाट ईन्टरनेट चलाउन सजिलो, छिटो र छरितो हुने टेलिकम लमजुङ शाखाले जनाएको छ । ग्राहकको माग बमोजिम मोबाईल सेवामा अत्याधुनिक सुविधाहरु प्रदान गर्न नेपाल टेलिकमले जेडटीईद्वारा निर्माण गरेको पुरानो नेटवर्कलाई हुवावे कम्पनीको थ्रीजी सेवाको जीएसएम नेटवर्कमार्फत प्रतिस्थापन गर्दै लगेको छ । मोबाईल सेवाका ग्राहकहरु भ्वाईस सेवा अर्थात कुराकानी गर्ने भन्दा पनि डाटा सेवा इन्टरनेट चलाउनेप्रति आकर्षित हुन थालेपछि टेलिकमले उच्च गतिको डाटा क्षमता भएको सेवा सञ्चालनमा ल्याउन लागेको हो । मोबाईल सेवाको यो नयाँ नेटवर्क सञ्चालनमा आएसँगै डाटा सेवाको क्षमतामा वृद्धि हुने र भ्वाइस सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा टेलिकमले गरेको छ । लमजुङमा जीएसएमका २७ वटा बीटीएस टावरबाट उपभोक्तालाई सेवा दिईरहेको छ । सीडीएमएको ४ वटा बीटीएस रेहेको टेलिकमले जनाएको छ । ती टावरबाट लमजुङका सवै गाविस साथै छिमेकी गाविसलाई समेत सेवा दिईरहेको टेलिकमले जनाएको छ
लमजुङमा थ्रीजी सेवा शुरु

Post a Comment