गोरखा यातायात र पृथ्वी यातायातको गाडि थपिएको बिषयलाई लिएर आज दिन भर गोरखाका गाडिहरु चल्न सकेनन
पृथ्वी यातायतले आफुले मनपरि रुपमा काठमाडौ देखि गोरखामा माईक्रो चलाएको भन्दै गोरखा यातायात ब्यावसायी समिति गोरखाले आज बसलाई रोडमा तेर्साएर गाडि चल्न दिएनन् । गोरखा देखि काठमाडौ सम्म पृथ्वी यातायातले माईक्रो नचलाए पनि आज पृथ्वी यातायातले २० वटा माईक्रो गोरखा पठाए पछि यस्तो स्थिती आएको गोरखा यातायातका ब्यावसारीहरु बताउछन ।
पृथ्वी यातायातको माइक्रोलाई गोरखा आउदै गर्दा गोरखा यातायातका समिति तथा ब्यावसायीहरुले माईक्रो नियन्त्रणमा लिएर यात्रुहरुलाई ओरालेका थिए । माईक्रोको चापि गोरखा यातायात समितिका ब्यक्तिहरुले लिए पछि बिबाद बढेको हो । घटनामा सङ्लग्न गोरखा यातायातका महासचिब, बरिष्ठ उपाध्यक्ष लगायतका र केहि ब्यावसायी गरि ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ब्यावसायीहरुले आफ्ना ब्यावसायी लगायत समितिका सबैलाई नछाडे सम्म गाडि रोडबाट नहटाउने भन्दै सडकमा बस तेर्साएर राखेका थिए । भोली पृथ्वी यातायात ब्यावसायी समिति र यातायात ब्यावसारी समिति गोरखा बिच बार्ता हुने र आयिन्दा यस्ता क्रियाकलाप कसैले पनि नगर्ने सर्तमा प्रहरीले नियन्त्रणमा लिएका सर्बैलाई छाडे लगतै यातायात ब्यावसायी समितिले गरेको बन्द पनि खुलेको छ ।
Post a Comment