महालक्ष्मी उच्च मावि लक्ष्मीबजारको ३९ औ बार्षिकोत्सवको विविध कार्यक्रम सम्पन्न 
महालक्ष्मी उच्च मावि लक्ष्मिबजार गोरखाको ३९ औ बार्षिकोत्सव तथा अभिभावक समारोह विविध कार्यक्रम सम्पन्न भएको छ । आज भएको समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गगन बसेलको अध्यक्षता भएको कार्यक्रमा जिल्ला शिक्षा अधिकारी हरी अधिकारीको प्रमुख आथिथ्यता भएको थियो । बिद्यालयका प्राचार्य चुडामणि काप्रीको बिद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा पुर्ब अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर कुवर, पुर्व प्रअ हरि बाबु कुवर , पुर्व शिक्षक साधुराम अर्याल एबं चन्दा दाता पुर्व बिद्यार्थी उत्तम जंग थापालाई सम्मानित भएको थिएभने हाल अमेरिकामा रहने उत्तम जंग थापले बिद्यालयलाई रु तिन लाख बराबरको चेक र किशोर जंग राणाले बिद्यालयको कमल बहादुर स्मृति छात्रबृद्धि कोषमा रु दश हजार थप संगै खेलकुदका सामाग्री बिद्यालयका प्राचार्यलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा लोक तथा दोहोरी गाएक रामचन्द्र अर्यालको प्रस्तुती रहेको थियो भने इको क्लब द्धारा बन जंगल र वातावरण सम्बन्धी नाटक प्रहसन गरेका थिए । 
कार्यक्रमा बिशेष अतिथी चन्द्रा थापा मगर, दब्य शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलीप देबकोटा, बिद्यालयका निरीक्षक श्रिकृष्ण आचार्य, सल्लाहाकार सम्योजक रोलक बहादुर थापा, छिमेकी बिद्यालयका प्राचार्य गोपाल मरहट्टा, सम्मानीत ब्याक्ति साधुराम अर्याल अभिभाबक संघका कुल बहादुर कुवर, निबर्तमान प्राचार्य लाल प्रसाद श्रेष्ठ, बुद्धिजीबि समाज सेवी होम सिं बस्नेत पुर्व बिद्यार्थी किशोर जंग राणा, बिद्याथी आशा उपरकोटी लगायतले मन्तब्य राख्नु भएको लक्ष्मीबजारबाट शिब केसीले जानकारी दिनु भएको थियो ।

Post a Comment

 
Top