गोरखाको क्षेत्र नः ३ को बजेट बिनियोजन पर्यटकलाई बिशेष प्राथमिकतामा
गोरखा क्षेत्र नः ३ का माननिय सभासद छम बहादुर तमुको संयोजकत्वमा आज बसेको बैठकले बजेट तथा योजना बाडफाडमा पर्यटकीय क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको छ । गोरखाका सभासभासदहरु  छमबहादुर तम, कृष्ण धिताल र चिनकाजी श्रेष्ठको टोलीले यो निणर्य गरेको हो ।
गोरखाको उत्तरी क्षेत्र पर्यटकीय क्षेत्र भएकोले पर्यटकहरु आउने जाने बाटोको सुधार हुनु पर्ने भन्दै सडक निर्माणलाई प्राथमिकतामा पारेको हो । उत्तरी गोरखा पर्यटकीय भए पनि त्यसको उचित प्रचार प्रसारको कारण पछाडि परेको र प्रचार प्रसार गर्नको लागि पनि सडक आबस्यक भएको माननिय सभासद छम बहादुर तमुले बताउनु  भयो ।
जिल्ला बिकास समितिको सभाहलमा बसेको बैठकले छ क्यान हुदै सेराङ पर्यटकीय पदमार्ग मर्मत तथा सुधारका लागि ८ लाख, माछिखोला सामुदायिक अधुरो भवन संचालनक लागि १२ लाख आरुघाट सिंचाई तथा मर्मतका लागि रु १० लाख समेत बिनीयोजन गरेको छ । खानेपानीको लिफ्टीङको लागि रु १० लाख, वडा नः १ देखि ६ सम्म बिद्युतिय योजना आरु आर्वाङलाई रु १४ लाख समेत बिनियोजन गरेको छ । मान्बु बगर भवानी उमाबि हुदै गाबिस भवन हुदै जाने सडकको लागि ८ लाख बिनियोजन गरेको छ ।  त्यस्तै गंगा जमुना प्राथमिक बिद्यालय भवन निर्माण गर्न ७ लाख बिनियोजन गरेको जिल्ला बिकास समितिको योजना अनुगमन तथा प्रसासकिय अधिकृत नुरराज कडरियाले जानकारी दिनु भयो ।

Post a Comment

 
Top