नेपालले वन्यजन्तु संरक्षणको क्षेत्रमा हासिल गरेको उपलव्धीबारे अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौं, माघ १९ – नेपालले वन्यजन्तु संरक्षणको क्षेत्रमा हासिल गरेको उपलव्धीबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ । पाँच दिनसम्म चल्ने सम्मेलनमा बाघ र गैंडा संरक्षणमा नेपालले गरिरहेको कामबारे छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
नेपालले हासिल गरेको उपलव्धीलाई एशियाका अरु देशमा समेत विस्तार गर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा बाघ र गैंडा पाइने नेपाल सहित बिभिन्न ११ देशका प्रतिनिधि सहभागी छन् ।
नेपालमा गएको तीन वर्षमा एउटा पनि बाघको चोरी शिकार भएको छैन । यस्तै सन् १०१२ र २०१४ मा गैंडाको शून्य चोरी शिकार वर्ष मनाउन नेपाल सफल भएको छ । समुदायमा आधारित संरक्षण अभियानका कारण नेपालमा बाघ, गैंडा जस्ता वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण उपलव्धी हासिल भएको संरक्षणकर्मीहरुको भनाई छ ।
नेपालले हासिल गरेको यो उपलव्धीलाई संरक्षण क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाले पनि प्रशंसा गर्दै आएका छन् । संरक्षणमा नेपालले गरिरहेको अभ्यास एशियाभर विस्तार गर्ने तथा बाघ र गैंडा पाइने देशहरुमा चोरी शिकार शून्यमा झार्ने उदेश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नेपालमा भैरहेको कामबारे छलफल केन्द्रित हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टीकाराम अधिकारीले जानकारी दिनुभयो ।

Post a Comment