लाटोकोसेरा तथा हुचिल  संरक्षणमा हातेमालो गरौ भन्ने नाराका साथ आगामी २२ र २३ गते गोरखाको बारपाकमा लाटोकोसेरो तथा हुचिल महोत्सब हुने भएको छ । नेपालमा ५१०० मिटर अग्लो हिमाली हावापानीमा पनि पाईने लाटोकोसेरोहरुपाउन सकिन्छ । बिश्वमा पाईने बिभिन्न प्रजाति मध्ये  २१ प्रजातिका लाटोकोसेरोको प्रजातिहरु नेपालमा पाईने लाटोकोसेरो तथा हुचिलको क्षेत्रमा काम गर्दै आउनु भएका राजु आचार्यले जानकारी दिनु भयो ।
किसानको साथीको रुपमा चिनिने लाटोकोेसेरोलाई संरक्षण गर्नको लागि यस्तो गर्न थालिएको हो । इटली, अमेरीका र नेपालमा गरी बिश्वको ३ देशमा मात्र लाटोकोसेरो तथा हुचिल महोत्सब हुने पनि राजु आचार्यले जानकारी दिनु भयो । नेपालमा प्रत्येक वर्ष करिब २ हजार हुचिल तथा लाटोकोसेरो मारीने गरेको एक अनुसन्धानले देखाएको छ । नेपालका बिद्यालयका बिद्यार्थीहरुको कुल २५ प्रतिशत बिद्यार्थीले गुलेली प्रयोग गरी लाटोकोसेरो मार्ने गरेकोले शहर भन्दा गाउमा यस्तो महोत्सब गर्ने गरेको आयोजकले जानकारी जनाएको छ । लाटोकोसेरो महोत्सवको अबसरमा  गोरखाको बारपाकको बिद्यालयहरुका बिद्यार्थीहरुलाई लाटोकोसेरो संरक्षणका गर्नु पर्ने कामहरुको बारेमा बिद्यालय स्तरका बिद्यार्थीहरुलाई दिने र गुलेली नष्ट गर्न लगाउने पनि आयोजकले तयारी गरेको छ ।

मुसाहरुको नियन्त्रण गरेर किसानलाई सघाउने यस लाटोकोसेरोको चोरी तस्करी चिन र भारतमा हुदै आएको छ । यसको संङ्ख्या यकिन कति छ भन्ने थाहा नभए पनि चोरी तस्करी हुने बन्य जन्तुहरुको सुचिमा यसको चोरी टप ५ भित्र पर्ने लाटोकोसेरो तथा हुचिलको क्षेत्रमा काम गर्दै आउनु भएका राजु आचार्यले जानकारी दिनु भयो । भारतमा तन्त्र मन्त्रका लागि हुचिल तथा लाटोकोसेरो प्रयोग गरीने पार्ईएको छ भने चिनमा बिभिन्न औसधीको रुपमा प्रयोग गर्ने गरीएको पाईएको छ । कतिले सोख र रहरले यसलाई घरमा पाल्ने गरेको पाईएकोले यस्तो गर्न नहुने रहेछ भन्ने जानकारी दिनको लागि पनि गाउँ गाउमा यस्तो महोत्सव गर्न लागिएको महोत्सव ब्यावस्थापन समितिका अध्यक्ष जित बहादुर घलेले जानकारी दिनु भयो । कुल चार देखि पाच लाख लाग्ने अनुमान गरिएको यस लाटोकोसेरो महोत्सवमा बिभिन्न प्रकारको नाच गानको साथै बारपाकको पुराना खेलहरु पनि खलाउने तयारी गरीएको आयोजकले जानकारी दिनुभयो ।

Post a Comment

 
Top