डि.बि.तामाङ
सहमतीमा संबिधान निर्माणका लागि दवाव दिन भन्दै एकिकृत नेकपा माअोबादीले आज जिल्लाको ३ ओटै निर्वाचन क्षेत्रको मुख्य मुख्य बजारमा बिरोध प्रर्दशन गरेको छ । सत्तारुढ दल नेपाली काग्रेस र एमालले बहुमतको बलमा जवरजस्ती प्रक्रियाबाट संविधान निर्माणको काम अगाडी बढाएको भन्दै आन्दोलनमा होमिएको एमाअोबादीले आज जिल्लाको १२ किलो, मनकामना, ध्याल्चोक, बुङकोट, झिङटे, बगुवा, आरुघाट, सौरपानी, बारपाक, मिरकोटको सेरा, गाँखुको महटार र भच्चेकमा बिरोध प्रर्दशन गरेको हो ।
एमाओबादी नेतृत्वले गरेको बिरोध प्रर्दशन अन्तरगत भच्चेकमा भएको सभालाई एमाओबादीका पोलिटव्युरो सदस्य एवं गोरखा निर्वाचन क्षेत्र न २ का सभासद हितराज पाण्डे र वारपाकमा भएको सभालाई गोरखा निर्वाचन क्षेत्र ३ का सभासद छमबहादुृर गूरुङले सम्बोधन गरेका थिए । त्यसैगरि गोरखा नगरपालिकाको १२ किलोमा भएको सभालाई एमाओबादीका जिल्ला इन्चार्ज अमर तमु र भगवती थापा, मनकामनामा भएको सभालाई पूर्व जनमुक्ति सेनाका हितमान सुर्खेती, र कृष्ण चेपाङ, ध्याल्चोकमा क्षेत्र नम्वर एकका इन्चार्ज दिपक तिमल्सीना, बुङकोटमा वाइसिएलका केन्द्रीय सदस्य रमेश पोखरेल, झिङगटेमा पूर्व सभासद ज्ञानेन्द्र कुमालले सम्बोधन गरेका थिए ।
त्यसैगरि बगुवामा भएको सभालाई एमाओबादीका केन्द्रिय परिषद सदस्य सुसिला सिंखडा र किसान संगठनका भक्तिप्रसाद लामिछाने, सौरपानीमा भएको सभालाई उपाध्यक्ष बिष्णु भट्ट र बिनोद पाण्डे, मिरकोटको सेरामा क्षेत्र नम्वर दुईका इन्चार्ज गुणराज देवकोटा र रामचन्द्र सेडाई तथा गाँखु महटारमा यानप्रसाद भट्ट र राजकुमार कोइरालाले सम्बोधन गरेको एमाओबादी गोरखाले जनाएको छ । एमाओबादी नेतृत्वको मोर्चाले प्रक्रियाको काम तत्काल स्थगित गरि बार्ताको बातावरण बनाउन काग्रेस र एमाले संग आग्रह गर्दै आन्दोलनको थालनी गरेको हो ।

Post a Comment