गोरखाको जिल्ला प्रहरी कार्यालय परिषरमा अध्ययन चौतारीको आज उद्घाटन
डि.बि.तामाङ / गोरखाको जिल्ला प्रहरी कार्यलय परिषरमा निमार्ण भएको अध्ययन चौतारी आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय प्रहरी नायब महानिरिक्षक पंकज श्रेष्ठले पुस्तकालयको उद्घाटन गर्नुभएको हो ।
अध्ययन चौतारी सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । पुस्तकालयमा बसेर जो कोहीले पनि अध्ययन गर्न पाईने जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रहरी नायब महानिरिक्षक पंकज श्रेष्ठको उपस्थितीमा जिल्ला प्रहरीले निमार्ण गरेको सन्देस मुलक भिडियो टेप पनि आजै सार्वजनिक गरीएको छ ।
उता, प्रहरी नायब महानिरीक्षक श्रेष्ठले भने गोरखा दरबारको संरक्षण नभएकोमा दुख ब्यक्त गर्नुृ भएको छ । नियमित अनुगमनको सिलसिलामा गोरखा आउनुभएका श्रेष्ठले पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो । आफु ६ महिना अघि गोरखा आएको बेला जस्तो थियो अहिले पनि गोरखा दरबार केहि फरक नभएको भन्दै यस्तो बताउनु भएको हो । गोरखाको संरक्षणमा गोरखाका नागरिक नै लाग्नु पर्ने भन्दै कर्मचारी त केहि दिन पछि सरुवा हुने भएकाले नागरीक नै लाग्नु पर्ने बताउनु भएको हो ।
जिल्ला प्रहरी कार्यलयको परिसरमा नव निर्मित अध्ययन चौतारीको उद्घाटन पछिको पत्रकार भेटघाटमा प्रहरी नायब महानिरिक्षक श्रेष्ठले अहिले जस्तो सुकै चुनौतिको पनि सामना गर्न नेपाल प्रहरी तयार रहेको समेत बताउनु भयो । पश्चिमाञ्चलको सबै जिल्लाको सुरक्षा ब्यावस्था हेर्नेक्रममा आज गोरखा आउनु भएको श्रेष्ठले पश्चिमाञ्चल सुरक्षको हिसाबले शान्त रहेको समेत बतउनु भयो । नेपाल प्रहरी सधै जनता प्रति सकारात्मक रहेको बताउदै पश्चिमाञ्चल पर्यटकिय हिसाबले धेरै सम्भावना रहेको क्षेत्र हो भन्दै अब छिट्टै पर्यटक प्रहरी टोली बनाएर सेवा दिने तयारी भई रहेका समेत बताउनु भयो । नेपाल प्रहरीको कुनै खासै नया रणनीति नभए पनि अग्रजले ल्याएका नीति नियमलाई आत्मसाथ गर्दै ३ वर्र्षे रणनीति अनुसार अगाडि बढिरहेको समेत बताउनु भयो ।
Post a Comment