डि.बि.तामाङ / नेपालको ७५ वटा जिल्ला मध्ये गोरखा जिल्ला १९ औ खुल्ला दिशामुक्त जिल्ला घोषणा भएको करिब २ महिना बित्न लागेको छ । गत पुष १६ गते गोरखा जिल्लालाई तामझामका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । खुल्ला दिशामुक्त घोषणा कार्यक्रम घोषणा पत्रमै सिमित भएको छ, व्यवहारमा लागु हुन सकेको छैन । खुल्ला दिशामुक्त घोषणा भएको जिल्लाको मुटु गोरखा सदरमुकाम वरीपरी सर्वसाधरणले जथाभावी दिशा र पिसाव गर्ने गरेको पाईएको छ । गोरखा जिल्लाको एक मात्र आगिंक क्याम्पस गोरखा क्याम्पस जाने सडकखण्डकको छेऊछाऊमा दिशाको थुप्रोहरु भेटिन्छन् । यस्तै जहातहि पिसाव गर्दा वाताबरण नै प्रदुषण भईरहेको छ । गोरखा जिल्ला ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण जिल्ला भएतापनि यहाँ सरसफाईको कार्यक्रमले पूर्णता पाउन नसक्दा दुर्गन्धित बन्न पुगेको छ । विसौनी मोड नजिकैको बस्तिमा बंगुर पालन व्यवसायले गर्दा दुर्गन्ध फैलिई आवत जावत गर्न समस्या भएको छ । यस्तै गोरखा सदरमुकाममा ढल खोल्ने प्रबृतिले पनि प्रशय पाएको छ । गोरखा नगरपालिकाले ढल खोल्ने व्यक्तिलाई कारबाही गर्दै आएता पनि अझै प्रभावकारी कारबाहीको प्रक्रिया अगाडि बढ्न नसक्दा जथाभावी ढल खोल्ने प्रबृतिमा नियन्त्रण हुन सकेको छैन । यस्तै गोरखा बजारमा निर्माण भएको फुटपाथको पनि सही सदुपयोग हुन सकेको छैन । सर्वसाधरणको लागि निर्माण गरिएको फुटपाथमा ढुङगा थुपार्ने, अनियन्त्रित पार्किङ गर्ने जस्ता कार्यले व्यक्तिगत प्रयोजनको लागि निर्माण गरिएको जस्तो देखिन्छ । पाल्ष्टिक जन्य पदार्थको कारण गोरखा बजार झिलमिल देखीएको छ ।
गोरखा जिल्लालाई पूर्ण सरसफाई यूक्त जिल्ला बनाउनको लागि यस्ता क्रियाकलापमा नियन्त्रण ल्याउन सर्वसाधरण र सम्बिन्धित निकायले ध्यान दिनुपर्ने कतिपयले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment