गोरखा माघ १९ दोस्रो गोरखकाली रनिङ कपमा आज क्वार्टर फाइनलको पहिलो खेल सहित तिन खेल सम्पन्न, आज तिनकिलो, दरवार र पाटेचौर विजयी
हरमटारी रंगाशालामा जारी दोस्रो गोरखकाली रनिङ कपमा आज क्वार्टर फाइनलको पहिलो खेल सहित तिन खेल सम्पन्न भएको छ । आज भएको सनराइज युथ क्लव तिनकिलो र मनकामना युथ क्लव मनकामना विचको पहिलो खेलमा २–१ गोल अन्तरले तिनकिलो विजयी भएको छ ।
सनराइज क्लवको तर्फबाट खेलको १३ औं मिनेटमा जमिन थापा मगरले गोल गरेर अग्रता दिलाएपछि फेरी २३ औं मिनेटमा शेखर खड्काले अर्को गोल थपेर टिमको अग्रतालाई कायमै राखेका थिए । मनकामनाका तर्फबाट खेलको ३२ औं मिनेटमा सुनिल श्रेष्ठले सान्त्वना १ गोल गरेका थिए । खेलमा मनकामनाका अमृत गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन .
त्यस्तै आज भएको अर्को एभरेष्ट युथ क्लव चितवन र गोरखकाली युथ क्लव दरबार विच भएको खेलमा ट्राइबरेकर्डमा ४–२ गोल अन्तरले दरवार विजयी भएको छ । खेल सुरु भएको १५ औं मिनेटमा दरवारका राज गुरुङले १ गोल गरेर आफ्नो टिमलाई गरेर अग्रता दिलाए पनि ३३ औ. मिनेटमा चितवनका मिलन गुरुङले गोल फर्काएर खेललाई बरावरीमा पु¥याएका थिए । त्यसपछिको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल ट्राइबरेकर्ड तर्फ धकेलीएको थियो । खेलमा दरवारका राज गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन ।
त्यस्तै आजनै दि गुर्खाज युनाइटेड क्लव पाटेचौर र वालुवा युथ क्लव वालुवा विच भएको क्वार्टरफाइनलको पहिलो खेलमा पाटेचौर ३–० गोल अन्तरले विजयी भएको छ । खेलको २३ औं मिनेटमा वुद्व लामाले गोल गरेर टिमलाई अग्रता दिलाए थिए भने सोही क्रमलाई निरन्तरता दिंदै ३५ औं मिनेटमा अर्को गोल थपेर गोल संख्या २ पु¥याएका थिए । खेलको ४८ औं मिनेटमा पाटेचौरकै राजकाजी थापाले अर्को गोल थपेर टिमलाई अझ वलियो बनाएका थिए । खेलमा पाटेचौरका बुद्व लामा म्यान अफ दि म्याच भएका छन । जितसंगै दि गुर्खाज युनाइटेड क्लव पाटेचौरले सेमी फाइनलको यात्रा पक्का गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment