मंसिर १६ –हङकङ सरकारले लोकतन्त्र सर्मथकहरुलाई अनावश्यक माग राखेर आन्दोलन नर्चकाउन चेतावनी दिएको छ । केहि समय मत्थर भएको प्रदर्शन फेरी चर्किएपछि हङकङ सरकारले यस्तो चेतावनी दिएको हो । दुई महिना यताकै शक्तिशाली प्रर्दशनको सामना गर्न परेपछि हङकङका मुख्य कार्यकारी सीवाई लेउनको प्रतिक्रिया आएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । चेतावनीका बाबजुत पनि उनीहरुले प्रर्दशनलाई जारी राखेका छन् । प्रर्दशनकारीले हिजो सरकारी कार्यालय बन्द गराएका थिए । प्रदर्शनकारीले भोक हड्ताल शुरु गर्ने चेतावनी समेत दिएका छन् । सन् २०१७ मा हङकङमा हुने निर्वाचनमा उमेदवार आफुहरुलेनै छान्न पाउनु पर्ने आन्दोलनकारीको माग छ ।

Post a Comment

 
Top