मंसिर १६ –अमेरिकाले पुलिस प्रशानमा सुधारका लागि प्रशिक्षण र उनीहरुको शरिरमा क्यामरा राख्ने नया योजना ल्याउने तयारी गरेको छ । हालै अमेरिकाको मिसैरीमा नक्कली बन्दुक खेलाइरहेका एक बालकलाई प्रहरीले हतियार बोकेको आसंकामा हत्या गरेपछि अमेरिकाले यस्तो तयारी गरेको हो । राष्ट्रपति बाराक ओबामाले यस्तो समस्या मिसौरिमा मात्रै नभएकोले त्यसको समाधानको पहल तत्कालै खोज्न भन्दै २६३ मिलियन अमेरिकी डलर बजेट छुट्याउन संसदलाई आग्रह गरेको बिबिसिले जनाएको छ । गत साता मिसौरिमा बालकको हत्या भएपछि शुरु भएको प्रर्दशन अझै राकिएको छैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment