मंसिर १६ –सोलुखुम्बुको सिकु खोलाको पुल जीर्ण भएपछि यात्रीलाई समस्या भएको छ । मुक्लि र काँगेलबाट आवतजावत गर्ने पुलमा बिछ्याइएको काठ मक्किएर भाँचिनुका साथै खटमा प्वाल परेकाले यात्रीलाई समस्या भएको हो । पुल जिर्ण हँुदा पन्चन, सल्यान, नेचा, देउसा, मुक्लि, काँगेललगायतका सोलुखुम्बुको तल्लोक्षेत्रका सर्वसाधारणलाई यात्रा गर्न असहज भएको स्थानीयको गुनासो छ । आफुहरु ज्यानको बाजी राखेर पुलको लट्ठा समातेर हिडँन बाध्य भएको काँगेल निवासि थीर बहादुरराईले बताउनुभयो ।

Post a Comment

 
Top