मंसिर १६ –कञ्चनपुरको बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा न्यानो झोलाको अभाव हुँदा सुत्केरी महिला र शिशुलाई चिसोबाट बचाउन समस्या भएको छ । सरकारले आमा र शिशुको मुत्युदर घटाउने उद्देश्यले गत आर्थिक वर्षदेखि देशैभरिदेखि ‘न्यानो झोला’ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यस्तो कार्यक्रम ग्रामीण भेगका सुत्केरी केन्द्रमा लागू गरेपनि प्रभाबकारी कार्यान्वयन नहुदा ठाउ–ठाउमा यस्ता समस्या देखिने गरेका छन् । ग्रामीण भेगमा महिला सुत्केरी हुँदा चाहिने कपडा नभएका कारण आमा र शिशुको स्वास्थ्य बिग्रन नदिन गरिएको कार्यक्रम प्रभावकारी नभएको जनस्वास्थ्य कार्यालयका प्रमुख बलबहादुर महतले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment