मंसिर १७ –नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घटाएको मुल्य आजदेखि लागु भएको छ । अन्तर्राष्ट्रिय बजार मुल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजनको क्रममा निगमले पेट्रोलमा दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । घटेको मुल्य गए राती १२ बजेदेखि लागु भएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय २३ रुपैया तथा डिजेर मट्टितेलको मुल्य ९७ रुपैया कायम भएको छ । गत कार्तिक १३ गते रातिदेखि स्वचालीत मुल्य लागु भएपछि मुल्य समायोजन गरिएको यो पाँचौ पटक हो । स्वचालीत मुल्य लागुभएपछि पेट्रोलमा १० रुपैया ५० पैसा तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ८ रुपैया मुल्य घटेको छ । ईन्धनको मुल्य लगातार घटिरहेपनि सार्वजनिक सवारी साधनको भाडा भने अझै घटेको छैन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment