मंसिर १७ –सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिने लमजुङमा बर्षेनी उत्पादन घट्दै गएको छ । यसबर्ष लमजुङमा १५ दशमलब ६६ प्रतिशतले सुन्तला उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालले अनुमान गरेको छ । लमजुङमा गत बर्ष कूल ८ सय ५० हेक्टर क्षेत्रफलबाट ५ हजार १ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यसबर्ष ८ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ६ सय १५ हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला उत्पादन भएको छ । लमजुङमा सुन्तला उत्पादन हुने धेरैजसो ठाउँमा सुन्तलाको बोट मर्दै जाने, सुन्तलाको नर्सरीबाट बिरुवालाई व्यवस्थित रुपमा हुर्काउन नसक्ने तथा बिभिन्न रोग लागेका कारण ४ हजार ३ सय २२ मेट्रिक टन मात्रै सुन्तला उत्पादन हुने कृषि कार्यालयको अनुमान छ । लमजुङको चिती, कुन्छा, उदीपुर, भोर्लेटार, सिम्पानी, गाउँशहर, दुराडाँडा लगायतका गाविस सुन्तला उत्पादनको पकेट क्षेत्र मानिने रेडियो भोटेवडार लमजुङले जनाएको छ ।

Post a Comment

 
Top