गोरखा मंसिर – १७ बहुप्रकोपको उच्च जोखिममा गोरखा जिल्लाका बिभिन्न ठाउँहरु रहेको पाइएको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तरगतको वाताबरण केन्द्रिय बिभागका बिज्ञहरुले गरेको अध्ययनको क्रममाः गोरखा उच्च जोखिममा रहेको पाइएको हो । बिज्ञहरुको टोलीले बिश्वकै तेस्रो ठूलो हिमाल मनास्लुदेखि गोरखाको होचो ठाउँ दर्बुङ्गका बिभिन्न ठाउँलाई अध्ययनको केन्द्र बनाएको छ । उक्त अध्ययनबाट गोरखामा पहिरो, बाढी, आगोलागी, खडेरीको उच्च संभावनका देखाएको अध्ययन परियोजना व्यबस्थापक अमृत शर्माले जानकारी दिए ।
शर्माकाअनुसार बुढीगण्डकी जलाधार क्षेत्रमा पर्ने गोरखा र धादिङ्ग जिल्लाका गाबिसहरु, स्तुल खोला जलाधार क्षेत्रमा पर्ने गाबिसहरु र मुग्दी खोला जलाधार क्षेत्रमा पर्ने गाबिसहरुमा बिज्ञको टोलीले दुई बर्ष छ महिना लामो अध्ययन गरेको छ । अध्ययनको अबधि अब छ महिनामात्रै बाँकी रहेको भन्दै शर्माले गोरखा जिल्लाभरको बारेमा अध्ययन थाल्ने तयारी बिज्ञ टोलीको रहेको जानकारी दिए ।
‘मनास्लु हिउँ पहिरो, दर्बुङ्गको पहिरो, स्तुलखोला पहिरोबारे पनि टोलीले अध्ययन ग¥यो’ शर्माले भने, ‘उपल्लो क्षेत्रदेखि तल्लो क्षेत्रसम्मको अध्ययन गर्दा बहुप्रकोपको उच्च जोखिममा गोरखा रहेको हाम्रो निष्कर्ष रह्यो ।’ अध्ययन टोलीमा त्रि।बि।का वाताबरण बिज्ञान केन्द्रिय बिभागका डा। मोतिलाल घिमिरे, डा। उद्धब खड्का, बिनोद प्याकुरेल, प्रा।डा। केदार रिजाल, नास्टका बैज्ञानिक डा। दिनेश राज भुजु र शर्मा रहेका छन् । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम ९यूएनडीपी० को आर्थिक सहयोगमा बिज्ञसहितको टोलीले गोरखामा अध्ययन थालेको हो । उक्त टोलीसँग वातावरण बिज्ञान क्षेत्र अध्ययन गरिरहेका एक सय बढी बिद्यार्थीले धमाधम सोधपत्र तयार गर्दै छन् ।
‘जोखिम न्यूनिकरणका लागि बहुप्रकोप जोखिम नक्साङ्कन पनि अध्ययनको क्रममाः उतारेका छौ’ शर्माले भने, ‘अध्ययनका क्रममाः भेटिएका निष्कर्षसहितको प्रतिबेदन त्रि।बिमार्फत् गृह मन्त्रालयलाई हस्तान्तरण गर्ने हाम्रो तयारी छ ।’ सरकारले बुढीगण्डकी, स्तुलखोला, मुग्दीखोला, माजाङ क्षेत्रमा बिकासका पूर्वाधार खडा गर्दा उक्त क्षेत्रको भौगोलिक अवस्थाबारे बिज्ञ टोलीले गरेको अध्ययनको निष्कर्ष उपयोगी हुने बिज्ञहरु बताउँछन् । ‘अध्ययनको समयाबधि अझै बाँकी छ’ परियोजनाको फिल्ड हेर्दै आएका एकदेब खनालले भने, ‘अध्ययनको निष्कर्षसहितको प्रतिबेदनले सरकारले नीति निर्माण गर्दा उपयोगी हुनेछ । आफूहरुले गरेको अध्ययन कार्यान्वयन तहसम्म पु¥याउनेछौं ।’ केन्द्रको नीतिलाई अध्ययनको निष्कर्षले पृष्ठपोषण गर्ने टोलीको बिश्वास छ ।
अध्ययनका क्रममाः टोलीले स्थानीय बासिन्दासँग सोधपुछ, पहिरो गइसकेको ठाउँबारे सुष्म अध्ययन, त्यस क्षेत्रको भौगोलिक अवस्था, माटो, ढुङ्गा ९जीआइएस० अध्ययन, समुदायमा आधारित सहभागिता मूलक औजारहरुको प्रयोग गरेको जनाएको छ । ‘यस्तो अध्ययनको निष्कर्षलाई हेलचक्राइँको रुपमा सरकारले लिनुहुँदैन’ बिज्ञहरु भन्छन्, ‘जुरेमा पनि यस्तै अध्ययन गरिएको थियो । सरकारले गम्भिर रुपमा नलिएपछि दुर्घटना घट्यो ।’ टोलीले अध्ययन गरेर कोरेको नक्शाको आधारमा बिकासे योजना तयार गरियो भने दीर्घायू हुने गृह मन्त्रालयका बंशीकुमार आचार्यले बताए । ‘यस्ता अध्ययनले सूचकको काम गर्न सक्छ’ आचार्य भन्छन्, ‘अध्ययनका बिषयबस्तु व्यबहारिक छ । बहुप्रकोप न्यूनिकरणको नीति निर्माणलाई बाटो देखाउने काम गर्छ ।’ नेपालमा अहिले रहेको नीति बहुप्रकोपपछि उद्धारमुखी भएको भन्दै बिज्ञहरुले बहुप्रकोप न्यूनिकरणका लागि आवश्यक नीति चाहिएको बताए । अध्ययन टोलीले गोरखा सदरमुकाममा हालै गरेको कार्यक्रममा अध्ययनको अहिलेसम्मको निष्कर्षबारे जिल्ला दैवीप्रकोप उद्धार समितिलगायत सरोकारवालाहरुलाई जानकारी दिएको छ । साथै टोलीले गोरखाको लाप्राकमा गएको पहिरो, सिर्दिवासको पहिरो लगायतका ठाउँमा पनि अध्ययन थाल्ने तयारी गरेको छ ।
Post a Comment