गेरखा, मंसिर १७ –दिगो विकासका लागि प्रविधिमा प्रतिबद्धता’ भन्ने नाराका साथ आज गोरखा लगायत देशभर २३ औ अपाङ्गता दिवस मनाईएको छ  । विन्दबासिनी उच्च मावि नारेश्वरमा भएको कार्यक्रममा गोरखा नेत्रहिन संघका अध्यक्ष पवन बस्नेतको अध्यक्षता र महिला बिकाश अधिकृत सिता अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विन्दबासिनी उच्च माविको प्राचार्य इश्वर बाबु थापा, प्रगतिशिल अपाङ्गसंघ गोरखाका अध्यक्ष अमर तमुले मन्तव्य राख्नुभएको थियो । अपाङ्गगता दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा महिला तथा बालबालिका कार्यालय गोरखाले विन्दबासीनी उच्च माविमा अध्ययनरत बौदिक अपाङ्गता भएका ११ जना बालबालिकाहरुलाई कपडा वितरण गरेको छ ।

Post a Comment

 
Top