गेरखा, मंसिर १७ –खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला कार्य समिति गोरखाको आयोजनामा आज नामजुङ गाविसमा खानेपानी तथा सरसफाई कार्यशाला गोष्ठि सम्पन्न भएको छ । गाविस सचिव रामप्रसाद पौडेलको अध्यक्षता र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गोरखाको अध्यक्ष देवि प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महासंघका सचिव शिव केसीले सहजीकरण गर्नुभएको थियो । गोष्ठिमा परामर्श संयन्त्रका प्रमुख तथा प्रतिनिधि, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका प्रतिनिधि, महिला स्वम्सेविका, महिला समुह, क्लवका प्रमुख तथा प्रतिनिधिहरु गरी ४० जनाको सहभागिता रहेको थियो । नामजुङ गाविसमा रहेका ९५ वटा पानीका मुहान्हरुलाई कसरी व्यवस्थित र सदुपयोग गर्ने भन्ने विषयमा छलफल गरिएको सचिव शिव के.सीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top